प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने « Khabarhub

प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुहरुलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुर्‍याउने देखिएकाले अब मुख्य मुख्य कानुन टुङ्ग्याउन दबाब दिने बताए ।

नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरु ल्याउन तयारी गर्ने उनले बताए ।

उनले सदनमा जनसवालका विषयहरुलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यस्तै, परियारले टिआरसी सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा पार्टीको जोड रहेको बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछानले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरुसँग जानकारी लिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०७ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको