पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालको चुनौती « Khabarhub

पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालको चुनौती


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावमा लड्न चुनौती दिएका छन् ।

शुक्रबार एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शासन चलाउने इच्छा भए पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् ।

राजा महाराजाले देशको सम्पत्ति लुट्ने कुरालाई स्वीकार गर्न नसकिने भन्दै उनले भने, ‘शासन चलाउने भए जनतामा जानुस्, पार्टी खोल्नुस् । दुःख गर्नुस् । जनताको मन जितेर आउनुस् ।’

उनले वंशले शासन गर्ने दिन सकिएको भन्दै कुनै पनि हालतमा राजतन्त्र नर्फने बताए । उनले भने ‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शासन गर्ने, बाउ नभए छोराले शासन गर्ने, के अब जनताले यस्तो सहन सक्छ ? सक्दैन । अब वंशले शासन गर्ने दिन गए ।’

यस्तै नेता नेपाले एकीकृत समाजवादी प्रति जनताले भरोसा गरेको बताए । आफ्नो पार्टी महाधिवेशन सम्पन्न गर्न लागेको बताउँदै उनले जबजको सान्दर्भिकता अझै नसकिएको बताए ।

‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्विकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन्’ नेता नेपालले भने ।

त्यस्तै पूर्व मन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताए ।

‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन् । उनीहरुको केही उपाय लागिरहेको छैन । वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले भने ।

एकीकृत समाजवादी दाङका अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सुदन खनालले गरेका थिए ।

साथै उक्त भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँ लगायत १४०७ जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु