उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर | Khabarhub Khabarhub

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त प्रकरणमा रङ्गेहात पक्राउ परेका नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्र्ष कैद सजाय र रु छ लाख जरिवाना हुने फैसला सुनाएको हो ।

नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् ।

बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले रु १६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभई सापटी दिएको बयान दिएका थिए ।

उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे रु २२ लाख घुस रकमसहित पक्राउ परेका थिए । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : १३ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज