उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर « Khabarhub

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त प्रकरणमा रङ्गेहात पक्राउ परेका नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्र्ष कैद सजाय र रु छ लाख जरिवाना हुने फैसला सुनाएको हो ।

नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् ।

बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले रु १६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभई सापटी दिएको बयान दिएका थिए ।

उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे रु २२ लाख घुस रकमसहित पक्राउ परेका थिए । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : १३ बजे

चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे (तस्बिरहरू)

चितव– चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद्

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा