यू-१९ विश्वकप : भारतसँग नेपाल १३२ रनले पराजित | Khabarhub Khabarhub

यू-१९ विश्वकप : भारतसँग नेपाल १३२ रनले पराजित


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा भारतले नेपाललाई एक सय ३२ रनले पराजित गरेको हो ।

दुई सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए । दुर्गेश गुप्ताले २९, अर्जुन कुमाल २६ रन, दीपक बोहोरा २२ रनमा आउट भए ।

त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १/१ रनमा आउट भए । भने दीपेश कँडेल र दीपक डुम्रेले खाता खोल्न सकेनन् । भारतका लागि सौम्य कुमार पाण्डेले चार तथा अर्शिन कुलकर्णीले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो। भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ०५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून