यू-१९ विश्वकप : भारतसँग नेपाल १३२ रनले पराजित « Khabarhub

यू-१९ विश्वकप : भारतसँग नेपाल १३२ रनले पराजित


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा भारतले नेपाललाई एक सय ३२ रनले पराजित गरेको हो ।

दुई सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए । दुर्गेश गुप्ताले २९, अर्जुन कुमाल २६ रन, दीपक बोहोरा २२ रनमा आउट भए ।

त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १/१ रनमा आउट भए । भने दीपेश कँडेल र दीपक डुम्रेले खाता खोल्न सकेनन् । भारतका लागि सौम्य कुमार पाण्डेले चार तथा अर्शिन कुलकर्णीले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो। भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ०५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ