नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन « Khabarhub

नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गण्डकी । पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । नाटककार केदारनाथ पौडेलद्वारा लिखित नाटकको निर्देशन कपिल शर्माले गरेको नाटक आगामी माघ २७ गतेसम्म चल्ने पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठक (सबु)ले जानकारी दिए ।

उनका अनुसार नाटकमा कलाकार दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसाल रहेका छन् ।

पोखरा थिएटर गैरापाटनमा बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे गरी १२ वटा सो मञ्चनको तयारी गरिएको उनले जानकारी दिए । नाटकलाई विद्यालय र क्याम्पसका विद्यार्थी केन्द्रित गराउने योजनासमेत रहेको उनले बताए। नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई देखाउन खोजिएको लेखक पौडेलले बताए ।

समाजमा रहेपछि त्यहाँ माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् तर पनि त्यहाँ आफ्नो हुन्छ भन्ने कुरा देखाउन खोजिएको बताउँदै उहाँले पछिल्लो समयमा बढ्दो प्रविधिलाई किसानले आत्मसात् गर्नुपर्ने र जानेर वा नजानेर प्रयोग गर्दा भोग्नुपर्ने विभिन्न भोगाइलाई नाटकमा देख्न सकिने बताए ।

करिब एक घण्टा १५ मिनेट लामो यो नाटक केही वर्षअघि गण्डकी प्रज्ञा उत्सवका अवसरमा पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा इन्द्रेणी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको थियो ।

नाटक हेर्न दर्शकहरूको आकर्षण बढिरहेको आँबोइ (हजुरआमा)को भूमिकामा रहेकी कलाकार ज्योति हमालले बताए । नाटकमा पोखरेलीको महत्त्वपूर्ण साथ र सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ४५ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार