टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने « Khabarhub

टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । यता, नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ ।

नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा पराजित भए सिरिजबाट बाहिरिने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आईसीसीको टी–२० वरियतामा यी तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा रहेको छ ।

सिरिजमा भोलि नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् भने फाइनल खेल फागुन २२ गते हुनेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ११ बजे

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको