सरकारी जग्गा हडप्नेलाई कुनै हालतमा छोडिदैन : उपप्रधानमन्त्री | Khabarhub Khabarhub

सरकारी जग्गा हडप्नेलाई कुनै हालतमा छोडिदैन : उपप्रधानमन्त्री


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् । 

रोटरी क्लब आफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताए।

उनले सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरेपनि सरकार पछि नहट्ने जिकिर गरे । ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए । राजनीतिक पहुँच भएकै भरमा जेपनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवाहरू नफर्किने गरि विदेशिने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’