खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती « Khabarhub

खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बेदकोट– मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो । 

भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार-चार, साङ्ग्ली र दिल्लीबाट तीन-तीन, पञ्जाव र पिथौरागढबाट दुई-दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिए। 

उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ ।

माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको उनले जानकारी दिए। एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

माइती नेपालले बेचबिखनमा परेका अथवा त्यसको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरेर मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै पारिवारिक पुनर्मिलन गराउने गरेको छ । 

माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ । एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । माइती नेपालमा एक वर्षको अवधिमा खोजतलासका लागि एक सय ७१ निवेदन दर्ता भएका थिए । सोमध्ये ४९ जना भेटिएका छन् । 

घरेलु हिंसाका ३२ निवेदन दर्ता भएकामा तीमध्ये १९ निवेदनउपर कारबाही भएको माइती नेपालका संयोजक भट्टले बताए । माइती नेपालले एक वर्षको अवधिमा मानव बेचबिखनविरुद्ध तीन मुद्दा प्रहरीमा दर्ता गराएको छ । मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ३० बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले