प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा | Khabarhub Khabarhub

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् ।

यो उपाधिसँगै धावक मगरले पुरस्कारस्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् ।सशस्त्र प्रहरी बलका सहायक हवल्दार किरणसिंह बोगटीले दुई घण्टा २३ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थानसहित रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाली सेनाका प्यूठ राजन रोकायाले उक्त दौड दुई घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गरेर तेस्रो स्थानसहित रु एक लाख प्राप्त गरेका छन् । प्रतियोगितामा दशौँ स्थान हासिल गर्न सफल धावकलाई रु पाँच हजारदेखि ५० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।

एक्काइस किलोमिटर हाफ महिला म्याराथन, सोही विधामा पुरुष स्पर्धा, सैनिक महाविद्यालयका छात्रछात्रातर्फको १० किलोमिटर दौड, सैनिक अधिकृत महिला र पुरुष तथा सैनिक सहचारी कार्यालयका पदाधिकारीको १० किलोमिटर दौडका विजयीलाई पनि पदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

विभिन्न विधामा विजयी भएका धावकलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, अवकाशप्राप्त महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : २३ बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक