स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले हराउँदै एथ्लेटिको चौथो स्थानमा उक्लिएको हो ।

एथ्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेल र साउल जिग्गेजले एक–एक गोल गरेका थिए । भिल्लाका अलेक्जेन्डर सोरलोथको एक गोल फर्काए ।

विट्सेलले खेलको नवौँ मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा भिल्लाका अलेक्जेन्डरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल सकिन ३ मिनेट बाँकी छँदा एथ्लेटिकोका साउलले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै ३० खेलबाट ५८ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित भएको भिल्ला रियल ३८ अंक जोड्दै १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०७ बजे

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका