पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव « Khabarhub

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान– पाकिस्तानको बलुचिस्तानका  विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेसनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अभिभावक आक्रोशित बनेका छन् । 

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी संगठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूमा आवश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।’

‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।

एककाइसौँ शताब्दीमा विश्वले  शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ ।  जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर-जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाए । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ४९ बजे

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक