जनताको जीवनमा परिवर्तन ल्याउनु प्रमुख कार्यभार : रेखा शर्मा « Khabarhub

जनताको जीवनमा परिवर्तन ल्याउनु प्रमुख कार्यभार : रेखा शर्मा


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भएको परिवर्तनको रक्षा र विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएकी छन् ।

मंगलबार काठमाडौंमा रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको भन्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताइन् । 

मन्त्री शर्माले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएका बताइन् । उनले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक रहेको उनले बताइन् । त्यस्तै उनले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : २९ बजे

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत