प्रतिनिधिसभा बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् ।

सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको  इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गरिन् ।

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गरिन्।

एमालेका सांसद रेखा यादवले दलित बालबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गरिन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गरे ।  

जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकोमा असन्तुष्टि व्यक्त गरे। तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद रामप्रकाश चौधरीले राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छिमेकी मुलुकसँगको सीमा  विवादका विषयमा सरकारको ध्यानाकर्षण गराए  । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँधहरू पुनः निर्माण हुनुपर्ने माग गरे। 

सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्दामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरूले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताए । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गरे।

एमालेका सांसद अमृतादेवी अग्रहरिले मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गरिन्। कांग्रेसका सांसद लीलादेवी बोखिम लिम्बुले ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराइन्।

एमालेका सांसद शान्ति श्रेष्ठले सीमान्तकृत, संरक्षणबिहीन र यौनिक अल्पसङ्ख्यक बालबालिकाको शिक्षा र अधिकारको पहुँच वृद्धिका लागि लगानी गर्न आग्रह गरे। 

एमालेका सांसद किरणकुमार साहले गत आठ महिनामा चार लाख युवा पलायन भएको तथ्यांक बाहिरिएकाले माटो सुहाउँदो शिक्षाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारी दिन माग गरे ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : १२ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न