सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने « Khabarhub

सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताए । 

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए । 

लामिछानेले गृहमन्त्रालयको काम कारवाही, विपत व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुर्नवास लगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको बताए ।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : १७ बजे

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २४औँ सत्याग्रह

धनगढी– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको