गर्मीले फिलिपिन्सका विद्यालय बन्द « Khabarhub

गर्मीले फिलिपिन्सका विद्यालय बन्द


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मंगलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् । 

महानगरमा मंगलबार ४२ डिग्री सेल्सियस  र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।मंगलबार मनिलाको उच्चतम् तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो । 

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र  अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् । 

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए ।

मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले  फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ४६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती