उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ : रघुजी पन्त « Khabarhub

उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ : रघुजी पन्त


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले बैशाख- १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । 

यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनले बताए । पन्तले अहिलेको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दावी गरे ।

 एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए । त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानविनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुनरबिचार गर्ने बताए । 

सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : २५ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप