इस्तानबुल आगलागीमा २५ को मृत्यु, तीन घाइते « Khabarhub

इस्तानबुल आगलागीमा २५ को मृत्यु, तीन घाइते


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् ।

सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो ।

अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ”, गभर्नर दाभट गलको कार्यालयले विज्ञप्तिमा भनेको छ ।

“मध्य इस्तानबुल जिल्ला बेसिक्टासस्थित गेरेटेपेमा रहेको १६ तल्ले भवनको बेसमेन्टमा निर्माण कार्य चलिरहँदा आगलागी भएको हो”, गलले पत्रकारहरूलाई भने ।

घटनास्थलमा पुगेका इस्तानबुलका नवनिर्वाचित मेयर एक्रेम इमामोग्लुले बेसमेन्टमा नाइटक्लब सञ्चालनमा रहेको जानकारी दिए । “आगलागी नियन्त्रणमा छ । आशा गरौँ त्यहाँ थप पीडितहरू छैनन्”, इमामोग्लुले मृतक र घाइतेका आफन्तहरूप्रति समवेदना प्रकट गर्दै भने।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ३६ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको