साकोसको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन | Khabarhub Khabarhub

साकोसको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा – रक्तदान नै जीवन दान भन्ने उदेश्य सहित ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा दोलखाको सहकार्यमा संस्थाको मुख्य कार्यालय बैतेश्वर ५ मैनापोखरीमा सम्पन्न भएको थियो ।

रक्क्तदान कार्यक्रममा बैतेश्वर आसपासका ३९ जना पुरुष र १३ जना महिलाले रक्क्तदान गरेको संस्थाका लेखा तथा प्रशासन अधिकृत नविन्द्र रिमाले जानकारी दिए । यस संस्थाले गत बर्षहरुमा पनि रक्क्तदान तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा बैतेश्वर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कमल अधिकारीले २९ औँ पटक रक्तदान गरेको बताए । रक्तदान कार्यक्रम संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक मिन प्रसाद दाहालको अध्यक्षता तथा बैतेश्वर गाउँपालिकाको अध्यक्ष छवि लामाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति इश्वरी प्रसाद दहाल, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, बैतेश्वर गाउँपालिकाका वडाध्यक्षहरु कमल अधिकारी, कुमार चौलागाई, भुवन धिमीरे, शान्त जिरेल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ५३ बजे

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल