साकोसको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन « Khabarhub

साकोसको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा – रक्तदान नै जीवन दान भन्ने उदेश्य सहित ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा दोलखाको सहकार्यमा संस्थाको मुख्य कार्यालय बैतेश्वर ५ मैनापोखरीमा सम्पन्न भएको थियो ।

रक्क्तदान कार्यक्रममा बैतेश्वर आसपासका ३९ जना पुरुष र १३ जना महिलाले रक्क्तदान गरेको संस्थाका लेखा तथा प्रशासन अधिकृत नविन्द्र रिमाले जानकारी दिए । यस संस्थाले गत बर्षहरुमा पनि रक्क्तदान तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा बैतेश्वर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कमल अधिकारीले २९ औँ पटक रक्तदान गरेको बताए । रक्तदान कार्यक्रम संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक मिन प्रसाद दाहालको अध्यक्षता तथा बैतेश्वर गाउँपालिकाको अध्यक्ष छवि लामाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति इश्वरी प्रसाद दहाल, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, बैतेश्वर गाउँपालिकाका वडाध्यक्षहरु कमल अधिकारी, कुमार चौलागाई, भुवन धिमीरे, शान्त जिरेल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ५३ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका