आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित « Khabarhub

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। साविक विजेता चेन्नई माथि ७ विकेटको जित निकाल्दै पञ्जाब १० खेल खेलेर आठ अंकसहित सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट अंक तालिकाको चौंथो स्थानमा रहेको चेन्नई यो हारसँगै १० अंकमा सीमित भएको छ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

चेन्नईविरुद्ध पञ्जाबका जोनी बेयरस्टोले ४६ रन बनाए। राइली रुसो ४३ र प्रभसिमरन सिंह १३ रनमा आउट हुँदा शशांक सिंह २५ र कप्तान साम करन २६ रनमा नटआउट रहे। चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एकएक विकेट हात पारे।

पहिला ब्याटिङ थालेको चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल मात्र १ रनमा नटआउट रहे।

महेन्द्रसिंह ध्वनी । तस्बिर : क्रिकइन्फो

पञ्जाबका हरप्रित बराड र राहुल चाहरले दुईदुई विकेट लिँदा कागिसो रबाडा र अर्शदीप सिंहले एकएक विकेट हात पारे।

आईपिएल अन्तर्गत बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे हैदरावादमा हुनेछ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ५५ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय