आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल | Khabarhub Khabarhub

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको चौथो खेल खेल्दैछ। पाँच खेलको सिरिजका तीन खेल सकिँदा २-१ ले पछाडि परेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो। बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको नेपाल टी-२० सिरिजमा २-१ ले पछाडि परेको छ। सिरिजको अन्तिम खेल शनिबार हुँदैछ ।

पहिलो खेल : रोहितको शतकमा नेपालको शानदार जित
शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।

ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो। उनले शतक प्रहार गरे। ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक कोयले समान दुईदुई विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले अर्धशतक प्रहार गरेका थिए। उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाएका थिए।

ओपनर एलिक एथेनाजे ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन प्रहार गरे। अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर खाता नखोली भेभेलियन फर्किएका थिए। आन्द्रे फ्लेचर १३ रन जोडेर क्रिजबाट बाहिरिए। केसी कार्टीले २६ बलमा ३८ रन जोडे। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए।

पहिलो खेलमा नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एकएक विकेट लिएका थिए।

दोस्रो खेल : १० रनको हार

सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रन मात्र बनाउन सकेको थियो।

पहिलो खेलमा शतक हानेका नेपालका लागि कप्तान रोहित पौडेलले दोस्रो खेलमा अविजित ७१ रन जोडेका थिए। गुलशन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाएका थिए र

बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई दुई विकेट लिँदा ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट हात पारेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३, गुडाकेश मोतीले अविजित ३३, कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्सले ११, केसी काटीले १० रन बनाउँदा म्याथ्यु फर्डले अविजित ११ रन बनाएका थिए।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारेका थिए।

नेपालले वेस्ट इन्डिजसँगको सिरिजको चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

तेस्रो खेल : ७६ रनको हार
बुधबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई ७६ रनले पराजित गरेको हो।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै १५१ रनमा समेटिएको थियो।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए।

त्यसैगरी वेस्ट इन्डिजका बलर हेडेन वाल्शले तीन विकेट लिए भने गुडाकेश मोतीले दुई तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए। त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए। त्यस्तै किमो पाउलले १३ रन बनाएका थिए।

नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : १७ बजे

काभ्रे प्रहरीबाट पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही

अस्पतालमा शय्या विस्तार नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको