क्रिक्रेटको क्रेजले चिरेको निरासा « Khabarhub

क्रिक्रेटको क्रेजले चिरेको निरासा



धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली समाजमा हरेक क्षेत्रमा नकारात्मक प्रवृत्ति बढ्दै गएको पाइन्छ। प्राकृतिक रुपमा धनी हुँदाहुँदै हामीसँग केही छैन भन्ने मानसिकताले केवल वितृष्णा, निराशा र अन्योलको भूमरीमा रहेका हामीलाई बेलाबेलामा राष्ट्रियता एकतामा जुरुक्क उचाल्ने र खुसीको माहोल मिलाउने एक माध्यम बनेको छ- क्रिक्रेट। विविधितामा एकताको रंगिन मालामा एउटै बुलन्द आवाज “नेपाल ! नेपाल !!” गुन्जिदै हजारौं नेपाली दर्शकले खचाखच भरिने नेपालको एकमात्र अन्तर्राष्ट्रि«य क्रिकेट रंगशाला कीर्तिपुरमा अहिले नेपाल र वेस्ट इन्डिज ‘ए’ को टी-ट्वान्टी शृङ्खला चलिरहेको छ।

क्रिक्रेटका क्रेजी दर्शकका नाताले पहिलो श्रृङ्खला हेर्ने भीडमा यो लेखक पनि मिसिन पुगेको थियो। रोहित पौडेलको शतकीय कप्तानी पारीले पहिलो खेलमा जित निकालेको नेपाल दोस्रो खेलमा विजयको मुखमा पुगेकै बेला स्तब्ध बन्न पुग्यो। कप्तानसहित केही महत्त्वपूर्ण खेलाडी नसमेटिएको तेस्रो खेलमा भने नेपालको प्रदर्शन निराशाजनक देखियो। पहिलो खेलमा चार विकेटको जित, दोस्रोमा १० रनको हार र तेस्रोमा ७६ रनको पराजयलाई हामीले नजिकबाट नियालेका छौं।

रोहित पौडेलको शतकीय कप्तानी पारीले पहिलो खेलमा जित निकालेको नेपाल दोस्रो खेलमा विजयको मुखमा पुगेकै बेला स्तब्ध बन्न पुग्यो। कप्तानसहित केही महत्त्वपूर्ण खेलाडी नसमेटिएको तेस्रो खेलमा भने नेपालको प्रदर्शन निराशाजनक देखियो।

विश्वकपको यात्रामा रहेको नेपाललाई यस्ता प्रतिस्पर्धात्मक खेलले क्रिक्रेट रंगमञ्चमा छाउन मद्दत पुगेकोमा दुईमत छैन। भर्खरै सम्पन्न एसीसी प्रिमियर कपमा केही लडखडाएको नेपाली टोली एसिया कपमा छनोट हुन नसके पनि विश्वकपको गर्विलो मञ्चमा केही न केही फरक गर्ने दाउमा छ।

सामान्य सुविधा भएको मैदानमा पनि जबजब खेल हुन्छ, एकातिर दर्शकदीर्घामा पञ्चेबाजाको धून, चन्द्र सूर्य अंकित फरफराइरहेको राष्ट्रिय झण्डा र अर्कातिर धैर्यवान, लगनशील र आत्मविश्वासी खेलाडीले थप ऊर्जा दिन्छन्। कहिलेकाहीँ यस्तो लाग्छ कि खेलाडीको आत्मविश्वास र दर्शकको क्रिक्रेट क्रेज मापन गरेरै होला नेपालीको खुसी सूचाङ्क अग्रपंक्तिमा आउन सकेको छ।

भनिन्छ- इतिहास जित्नेको लेखिन्छ, हार्नेको होइन। तर वीर गोर्खाली पुर्खाले विषम परिस्थिति बाबजुद् हार्ने अवस्थामा पनि विपक्षीले नै वर्णन गर्ने गरी असली युद्ध जितेका उदारहणका रुपमा अमरसिंह थापा, भक्ति थापा जस्ता योद्धाहरुको कहानी पढेका छौं।
इतिहासका यस्तै वीर योद्धाका सन्तती हामी जुनसुकै क्षेत्रमा पनि अविचलित रही धैर्य, लगाव, सीप र समर्पणलाई शक्तिमा जोडिरहेका छौं। यस प्रकारको महान इतिहास हाम्रा सामु साक्षी छ। स्रोत र साधनले हाम्रो विकास हुन सकेन भन्ने दोषवादी चिन्तनका अगाडि नेपाली क्रिक्रेट अपवाद भएर उदाएको छ।

नेपाली क्रिकेटको इतिहास
इतिहास नियाल्दा, नेपालमा सन् १९२० को दशकमा विदेशबाट अध्ययन गरेर फर्केका राणा परिवारका सदस्यले क्रिकेट भित्र्याएका थिए। नेपाली क्रिकेटको संस्थागत विकास १९४६ मा नेपाल क्रिक्रेट संघ (क्यान) को स्थापना पश्चात चार दशकपछि सन् १९९० मा नेपालले एशियन क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता प्राप्त गरेको थियो। त्यसअघि सन १९८८ मा आईसीसीको एफिलियट सदस्य राष्ट्र बने पनि सन् १९९६ मा एसोसिएट सदस्यता प्राप्त गरेपछि मात्र नेपालको आधिकारिक अन्तर्राष्ट्रिय यात्रा सुरु भएको हो।

यो यात्रासँगै नेपालले छोटो अवधिमै एकदिवसीय क्रिकेट, अन्तर्राष्ट्रिय टी-ट्वान्टी, विश्व क्रिकेट लिग र इन्टरकन्टिनेन्टल कपमा स्थान पक्का गर्दै गर्दा सन् २०१४ मा बंगलादेशमा खेलिएको ट्वान्टी-ट्वान्टी विश्वकपलाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो उपलब्धिको रूपमा हेरिएको थियो। सन् २०१५ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपका लागि छानिएको नेपाल सन् २०१६ मा नेपाल क्रिक्रेट संघ क्यानको निलम्बनसँगै सन् २०१७ मा आईसीसी विश्व क्रिक्रेट लिग डिभिजन टुमा घटुवासमेत हुन पुग्यो।

विभिन्न उतारचढावका बाबजुद नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको सात वर्षमै नेपाल एसीसी इमर्जिङ टिम्स कप, एसीसी फास्ट ट्रयाक कन्ट्रिज च्याम्पियन, आईसीसी विश्व क्रिकेट लिग, डिभिजन फाइभ, फोर र थ्री च्याम्पियन पनि बनेको थियो तर उपलब्धि बचाउन नसक्दा नेपाल पटक पटक ‘रेलिगेसन’ मा पर्ने गरेको थियो।

सन् २०१८ मा एक दिवसीय क्रिक्रेट र टी-ट्वान्टीको अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले पाएको एकदिवसीय मान्यता सन् २०२२ सम्मका लागि थियो। केही अगाडिसम्म नेपालको ग्लोबल छनोटको यात्रा करिब करिब असम्भव जस्तै थियो। यस बिचमा नेपालले एकदिवसीय मान्यता जोगाउनेमा पनि उक्तिकै शंका थियो। खेलाडी, प्रशिक्षक, क्यानसँगै नेपाली प्रशंसकको अविचलित साथ, सहयोग र स्नेहले असाधारण यात्रालाई पुनरागमन गर्दै अहिलेसम्मकै ऐतिहासिक सफलता हात पारिरहेको क्षणमा हामी छौं।

सफलताको सिंढीमा आफ्नै बलमा उक्लिरहेको स्थितिमा क्रिक्रेटसँगै खेल जगतका अनेकौ चुनौतीहरुको सामना हाम्रा खेलाडी र दर्शकले गरिरहनु परेको तितो यथार्थ जगजाहेर छ। विशुद्ध कलाकौशल, मिहिनेत र परिश्रमको खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप, नातावाद, कृपावाद जस्ता कुसंस्कार हावी हुनु, भौतिक पूर्वाधारको कमजोर व्यवस्थापन, राष्ट्रका लागि जीवन समर्पण गरेका खेलाडीको उचित सम्मान र प्रोत्साहनमा राज्यको विशेष ध्यान जान नसक्नु विडम्बनाको विषय हो।

चर्चा र श्रेयका खातिर हामी कहाँ कुनै पनि क्षेत्रले प्रगति गर्ने लक्षण देखाउने बित्तिकै जस लिन तँछाड मछाडको प्रवृति हाबी हुँदै गइरहेको छ। विशेषगरी राज्यका उच्च ओहोदामा आशिन नेतृत्वले बधाईका ओइरोसँगै प्रोत्साहन स्वरुप थुप्रै धनराशिका घोषणा गर्ने गरेको सुनिन्छ। कुनै अन्तर्राष्ट्रिय सफलता हात पार्दा सबले सर्वत्र क्रिकेट मात्रै देख्छन्। अनावश्यक हौसिने हाम्रो चरित्रलाई भरतपुरको निर्माणाधीन बेवारिसे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले गिज्याइरहेको छ।

ख्याति प्राप्त उपाधी जित्दै क्रिकेटको स्तर दिनानुदिन सफलताको खुड्किलो चढ्दै गर्दा राज्य, सरकार र खेलसँग सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु आवश्यक छ। सरकारले तात्कालीन पुरस्कार र प्रोत्साहनसँगै खेलको दीर्घकालीन विकासका लागि क्रिकेट नीतिमा समयसापेक्ष आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ। खेलको भौतिक संरचना सँगै साथमा उच्च स्तरीय खेल प्रविधिको विकास गर्ने गरी ठोस नेतृत्वदायी भूमिकामा सरकार र सरोकारवाला निकाय जिम्मेवार तहले लाग्नुपर्ने देखिन्छ। केवल गफ, भाषण, बधाई सन्देश मात्र नभई आफूले लेखेका प्रतिबद्धता कार्यान्वयनका लागि जसरी मैदानमा दर्शकले घामपानी नभनी साथ दिन्छन्, त्यसरी काम हुनपर्ने देखिन्छ।

खेलकुद विकासका निकायमा नेतृत्व छनोट गुटउपगुट बनाइ खेल क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह हुनु जरुरी छ। अझ क्रिक्रेट विकासमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल क्रिक्रेट संघ (क्यान) को समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ।
बेलाबेलामा अनावश्यक विवादका कारण खस्किएको घरेलु खेलको प्रारुपलाई राज्यका यी निकायहरुले नियमन र निर्देशन गर्दै क्रिकेटको स्तर बढाउने तर्फ ध्यान दिनुपर्छ। क्रिकेटसँग सम्बन्धित विषय विज्ञ र खेलमा जीवन समर्पित गरेका पूर्व खेलाडीहरुलाई क्रिकेटको संस्थागत विकासको चरणमा संलग्न गराउन सकिन्छ।

क्रिकेटलाई निरन्तरता दिन सरकारसँगै निजीक्षेत्रको थप लगानी आवश्यक रहेको छ। निजी प्रयासबाट सुरू भएको धनगढी प्रिमियर लिग (डीपीएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) जस्ता प्रतियोगिताको सञ्चालनलाई नियमित गर्दै सरकार र निजीक्षेत्र दुवैले क्रिकेटमा लगानी बढाउदै कुशल व्यवस्थापनका साथ अघि बढाउन सकिन्छ। पर्याप्त प्रशिक्षण, निरन्तरको अभ्यास र आफूभन्दा बलियो टीमसँग नियमित खेलेर अभ्यास गर्न पाएन भने खेलाडीको प्रदर्शनमा एकरुपता र निखार आउन सक्दैन।

खेलाडीहरू अनुशासित, मिहिनेती र प्रतिभावान हुँदाहुँदै पनि पर्याप्त प्रतिस्पर्धाको अवसर पाएमा प्रतिभाको उचित प्रस्फुटन हुनसक्छ। मैदानमा क्रिक्रेट जित्ने मुख्य आधार बलिङ्ग, ब्याटिङ र फिल्ड सुधार्न अन्तर्राष्ट्रियस्तरको मैदानमा बलियो प्रतिस्पर्र्धीसँग निरन्तर अभ्यास गराउनुपर्ने देखिन्छ। विश्वरुपमा क्रिकेट स्तरीय हुन अन्तर्राष्ट्रियस्तरको रंगशाला, पर्याप्त स्रोत र साधन सँगै राम्रो क्रिकेट खेलिरहेका देशबाट प्रशिक्षक, स्थानीय प्रशिक्षक, एम्पायर, स्कोरलाई प्रशिक्षण भइरहनुपर्छ। तह र उमेर अनुसारको लिग, अन्तर्राष्ट्रिय एक्स्पोजर, खेलाडीको सेवा-सुविधालगायतका योजना कार्यान्वयनमा ध्यान दिनुपर्छ।

त्यसैले यस्तो वातावरण निर्माणमा सरकार र क्यानले नै अग्रसरता लिनुपर्ने देखिन्छ। नेपाली क्रिकेटको पुर्नसंरचना गर्दे सात प्रदेशमा घरेलु र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय खेल खेलाउन सकिन्छ। देशभरबाट खेलाडी छनोट गर्न पाएको खण्डमा सशक्त सबल र ऊर्जाशील टीम बन्न सक्नेछ। यस्ता मुलभूत विषयमा सरकार र सम्बन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक छ।

बेलाबेलामा हुने ऐतिहासिक जितसँगै नेपाली क्रिकेट विश्वमा नेपालको पहिचान र प्रसिद्धी बन्नसक्ने संभावनाको ढोकासमेत खोलिरहेको छ। नयाँ आशाका किरणहरु पलाउलान भनेर कुरेर बसेका हामी नेपाली क्रिकेटप्रेमीलाई कालो बादलमा चाँदी घेरा देखिएको अनुभूत भइरहेको छ।

विश्व क्रिकेटमा अर्बौ लगानी गरी च्याम्पियन बनेका क्रिकेटका शक्ति राष्ट्रहरुसँग अब काँधमा काँध जुधाई नेपाली क्रिक्रेट टीम सगौरव उभिन सक्ने अवस्थामा आइपुगेको हो कि भन्ने भान हरेक नेपालीलाई हुन थालेको छ। त्यसैगरी नेपालमा पछिल्लो समयमा भइरहेको राष्ट्रिय एकताको बहसलाई मुर्तरुप दिन क्रिकेटले राजनीतिक नेत्तृत्वलाई घच्घच्याउन सफल छ। क्रिकेटको माध्यमबाट भित्रिएको क्याच जस्तै अवसर समात्न सके समृद्धिको सफलता हाम्रै पालामा सम्भव हुनेछ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ७ : २५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल