साउदी किङ कप : अल नासर फाइनलमा « Khabarhub

साउदी किङ कप : अल नासर फाइनलमा


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा साडियो मानेले एक गोल गरेका थिए । यस्तै अल खालीजका फवाज टोराल्सले एक गोल फर्काएका थिए ।

खेलको १७औँ मिनेटमा गोल गर्दै रोनाल्डोले अल नासरका लागि सुरुवाती गोल गरेका थिए । ३७औँ मिनेटमा साडियो मानेले टोलीको अग्रतालाई दोब्बर बनाए ।

यस्तै ५७औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको अग्रतालाई ३–० ले अघि बढाए ।

खेलको ८२औँ मिनेटमा अल खालीजका टोराल्सले एक गोल फर्काएका थिए ।

किङ कपको फाइनल खेल मे ३१ मा हुनेछ । जसमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल पहिलो सेमिफाइनलमा अल इत्तिहादलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ७ : ३२ बजे

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत

सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक !

काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय

उपत्यकामा हल्का वर्षा

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानदेखि हल्का वर्षा भएको छ ।