बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने | Khabarhub Khabarhub

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ ।

क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् । पहिलो चरणमा बी ब्लकमा २५२ कैदीबन्दी राखिने बाँके जिल्ला कारागारका जेल अर्जुनजंग शाहले जानकारी दिए ।

उनका अनुसार कारागारको क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई क्षेत्रीय कारागारमा राखिने छ । हाल ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जेलर शाहले जानकारी दिए ।

देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो । १० बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार मानिस अट्ने क्षमताको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ७ : ५७ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र