बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने « Khabarhub

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ ।

क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् । पहिलो चरणमा बी ब्लकमा २५२ कैदीबन्दी राखिने बाँके जिल्ला कारागारका जेल अर्जुनजंग शाहले जानकारी दिए ।

उनका अनुसार कारागारको क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई क्षेत्रीय कारागारमा राखिने छ । हाल ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जेलर शाहले जानकारी दिए ।

देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो । १० बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार मानिस अट्ने क्षमताको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ७ : ५७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी