रामेछापमा जुनारको जुस बिक्री बढ्यो « Khabarhub

रामेछापमा जुनारको जुस बिक्री बढ्यो


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ ।

जिल्लामा भएका दुईवटा उद्योगबाट झण्डै साढे तीन लाख रुपैयाँ बराबरको हाराहारीमा जुस बिक्री हुने गरेको छ ।

जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा जुस (स्क्वास) उद्योग रहेका छन् ।

उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्ने गरेका छन् ।

जिल्लामा जुनारको जुस प्रतिलिटर एक सय ५० तथा किवीको प्रतिलिटर दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

अन्य समयभन्दा गर्मीको समयमा जुसको बिक्री बढी हुने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ४३ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका