संघीय संसदका तीन समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका तीन समितिको बैठक बस्दै


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरु र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुने उल्लेख गरिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुनेछ ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ०४ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने