ठोरी भन्सार सञ्चालनमा | Khabarhub Khabarhub

ठोरी भन्सार सञ्चालनमा


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । 

एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएका हुन् ।

त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेशबिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दूरीमा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुर ढकालले यो नाका सञ्चालनसँगै चितवनको सबै क्षेत्रमा आर्थिक विकासका बाटा खुल्ने बताए। 

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताए । लामो समयको पहलपछि नाका पुनः सञ्चालनमा ल्याउन सकिएको भन्दै उनले नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भैरहवा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए।

भन्सार विभागका महानिर्देशक डुण्डीप्रसाद निरौलाका अनुसार भारतीय नम्बरप्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्नति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निर्क्यौल निस्किने उनको भनाइ थियो ।

भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै सङ्घीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्ष अगाडि निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि गत वर्ष माघ २७ गते नै भन्सारको सेवा सुरुआत गर्ने भनिएको भए पनि प्रक्रिया पूरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १ : ०२ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १