एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत « Khabarhub

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए ।कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे। 

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी पदम बूढा एक सय ३८ मत प्राप्त गरेका छन् । 

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन् । उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भएका हुन्। 

उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरेका छन् । महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भए। सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र