साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो  | Khabarhub Khabarhub

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको छ । आज भएको गिरावटसँगै नेप्से परिसूचक मनोवैज्ञानिक रेखा तल अर्थात् १९९८.९६ अंकमा पुगेको छ ।

बिहीबार ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । जसमा ७८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६१ कम्पनीको घट्यो । त्यस्तै आज भएको कारोबारमा ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज सबैभन्दा धेरै आइएमई लाइफको २८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो । त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख र गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ४१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको