राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट « Khabarhub

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए।

सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे ।

राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएकी थिइन् ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ५६ बजे

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा