एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?  « Khabarhub

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको छ । यो साता नेप्से ४ दिन मात्र कारोबार हुँदा ३ दिन बजार बढ्यो भने साताको अन्तिम दिन बिहीबार भने नेप्से घटेको छ । आज बजार घट्दा पनि साताको पुरै बजार हेर्ने हो भने नेप्से ३३ अंकले बढेको हो ।

गत साताको बुधबार १९६५.९३ बिन्दुमा रहेको नेप्से एक सातामा भएको ४ दिनको कारोबारले बढेर १९९८.९६ बिन्दुमा पुगेको छ । यो साता २ दिन २ अर्ब बढी र २ दिन ४ अर्ब बढीको कारोबार भयो ।

साताको पहिलो दिन आइतबार नेप्से १४.३३ अंकले बढेर बजार बन्द भएको थियो । आइतबार नेप्से ०.७२ प्रतिशतले बढेर १९८०.२७ बिन्दुमा कायम रह्यो । आईतबार २ अर्ब ६६ करोड ६ लाख ४६ हजार रुपैयाँ बराबरको ६५ लाख २९ हजार ८९५ कित्ता शेयर ४७ हजार ७१९ पटक किनबेच भयो ।

सोमबार टेक्निकल रुपमा नेप्से बढेको देखिएपनि उक्त दिन नेप्से ०.०७ अंकले मात्र बढ्यो । सोमबार १९८०.३४ बिन्दुमा बजार पुगेको थियो । सोमबार बजार बन्द हुँदासम्ममा २ अर्ब ९२ करोड ९४ लाख ७९ हजार रुपैयाँ बराबरको ६९ लाख ५४ हजार ५४९ कित्ता शेयर ४६ हजार ३७ पटक किनबेच भएको थियो ।

नेप्सेको वियर ट्रेन्ड तेस्रो दिन अर्थात् मंगलबार पनि कायम रह्यो । तेस्रो दिन त नेप्सेले मनोवैज्ञानीक रेखा समेत पार गर्यो । मंगलबार नेप्से २५ अंकले बढेर २००६.२८ बिन्दु कायम भयो । 

बजारमा निरन्तर सकारात्मक प्रभाव देखिन थालेपछि सोमबारको तुलनामा मंगलबार दोब्बर कारोबार भएको थियो । मंगलबार ४ अर्ब ७८ करोड ६९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख १४ हजार ४९५ कित्ता शेयर ७४ हजार ७९४ पटक किनबेच भयो ।

बुधबार विश्व मजदुर दिवसको सन्दर्भमा सार्वजनिक विदा भएकाले नेप्सेमा कारोबार भएन ।

मंगलबारसम्म निरन्तर वियर ट्रेन्डमा रहेको नेप्से साताको अन्तिम दिन अर्थात् बिहीबार भने घट्न पुगेको छ । आज नेप्से ७.३१ अंकले घटेर बन्द भयो । साताको अन्तिम दिन नेप्से परिसूचक न्यूनतम १९९५.४९ बिन्दुमा र उच्चतम २०२६।६२ बिन्दुमा पुगेको थियो । तर, कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से ०.२६ प्रतिशतले घटेर १९९८.९६ बिन्दुमा कायम भयो । 

साताका अघिल्ला दिनहरुमा निरन्तर वृद्धिको प्रभाव स्वरुप बिहीबारको कारोबारमा उछाल आयो । बजारमा उछाल आउँदा बिहीबार ४ अर्ब ७ करोड ९७ लाख रुपैयाँ बराबरको ८६ लाख ४० हजार ६३६ कित्ता शेयर ६३ हजार ७३६ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : १५ बजे

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोपालमान भन्छन्- गगनको साहसले पार्टीलाई सुदृढ बनाएको छ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठले महामन्त्री

समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन