युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि | Khabarhub Khabarhub

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।

गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।

रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका थिए ।

रियल मड्रिडकाकार्भाजालले ७४ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

डर्टमुण्ड सन् १९९७ मा पहिलो पटक च्याम्पियन बनेको डर्टमुण्ड उपाधि दोहो¥याउने अवसरबार वञ्चित भएको छ । यसअघि सन् २०१३ मा पनि डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो तर बायर्न म्युनिखसँग पराजित हुन पुगेको थियो ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ४७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग