युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि « Khabarhub

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।

गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।

रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका थिए ।

रियल मड्रिडकाकार्भाजालले ७४ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

डर्टमुण्ड सन् १९९७ मा पहिलो पटक च्याम्पियन बनेको डर्टमुण्ड उपाधि दोहो¥याउने अवसरबार वञ्चित भएको छ । यसअघि सन् २०१३ मा पनि डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो तर बायर्न म्युनिखसँग पराजित हुन पुगेको थियो ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ४७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह