टी-२० विश्वकप : को बन्न सक्छन् नायक ? | Khabarhub Khabarhub

टी-२० विश्वकप : को बन्न सक्छन् नायक ?


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

सन् २००७ को समय, एक दिवसीय क्रिकेटमा रोमाञ्च थियो। संसारका प्राय व्यक्तिका लागि ५० ओभरको खेलको आकर्षण थियो। एकातर्फ पट्यारलाग्दो पाँच दिनको टेस्ट खेलमा धेरैको आकर्षण रहने कुरा नै भएन।

सन् २००७ सम्म टी-२० मा आकर्षण अहिलेको जस्तो थिएन। इङ्गल्यान्ड र भारत बिचको खेलमा स्टुवार्ड ब्रोडले एकै ओभरमा प्रहार गरेको ६ छक्का। धोनीको उत्कृष्ट नेतृत्व र भारतको चार वर्षे सफल युगको सुरुवात। यी सबै कारणले सन् २००७ को पहिलो टी-२० विश्वकप धेरैका लागि स्मरणीय छ।

आइसिसी विश्वकप टी २० क्रिकेटको नवौँ संस्करण शनिबार औपचारिक रूपमा सुरु हुँदैछ। पहिलो खेल भने आइतबार अमेरिका र क्यानडाका बिचमा सुरु भइसकेको छ।

संसारका उत्कृष्ट खेलाडी यो विश्वकप मैदानमा भिड्नेछन्। यो विश्वकप कुन रूपमा अघि बढ्ने छ र कस्ता स्टारले सफलता पाउने छन् भन्ने अनिश्चित नै छ।यो विश्वकपमा केही स्टार पक्कै छाउने अपेक्षा गरिएको छ।

विराट कोहली ।

भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा विराट कोहलीले ७०० रन प्रहार गरे। एउटा आईपिएलमा यो सफलता पाउने उनी पहिले खेलाडी हुन्। एक दिवसीय विश्वकप २०२३ मा पनि कोहली उत्कृष्ट खेलाडी भएका थिए। टी-२० विश्वकपमा पनि कोहली पक्कै हेर्न लायक खेलाडी हुन्।

संसारका हरेक शैलीमा छाउने सम्भावना भएका खेलाडीमा पाकिस्तानी कप्तान बाबर आजम हुन्। पाकिस्तानको यात्रा धेरै हदसम्म आजमको प्रदर्शनमा निर्भर रहनसक्छ। उनले २८७ खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन्।

सन् २०१९ को विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डलाई जिताउने क्रममा सुपर ओभरमा बलिङ गरेका जोफ्रा आर्चर अर्का हेर्न लायक खेलाडी हुने। उनी लामो समय चोटका कारण खेलबाट टाढा रहेका थिए।

पाकिस्तानी कप्तान बाबर आजम ।

बारबाडोसमा जन्मिएका उनको उपस्थिति वेस्ट इन्डिजको पिचमा उपयोगी हुनसक्छ। उनी जमेमा इङ्गल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको उपाधि दिलाउन सक्छन्।

विपक्षीलाई स्पिन बलिङले हैरान पारेर मुसुक्क मुस्कुराउने रसिद खान पक्कै पनि अर्का हेर्न लायक खेलाडी हुन्।

उत्कृष्ट बलर, तल्लो क्रमका ब्याट्सम्यान र राम्रो कप्तानको रूपमा उनी छाउन सक्छन्। यी लेग स्पिनरका सिकार संसारका जो कोही ब्याट्सम्यान हुन सक्छन्। अफगानिस्तानको यात्रा खानमा नै धेरै हदसम्म निर्भर रहनसक्छ।

सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजलाई विश्वकप उपाधि दिलाएका आन्द्रे रसेल हालै कोलकाता नाइट राइडर्सलाई आइपिएल जिताउन पनि सफल भएका थिए। ३६ वर्षीय उनले ब्याट र बलमा गरेको प्रदर्शन कोलकाताको आइपिएल यात्रामा धेरै सहयोगी बनेको थियो। उनको अलराउण्ड प्रदर्शन पक्कै पनि वेस्ट इन्डिजका लागि सहयोगी हुने उनका समर्थकको विश्वास छ।

आन्द्रे रसेल ।

३२ वर्षीय एडम जाम्पा टी-२० विश्वकपमा हेर्न लायक खेलाडी हुन्। ह्वीस्ट स्पिनर जाम्पाको २०२३ विश्वकपमा प्रदर्शन मिश्रित थियो। विश्वकपमा अस्ट्रेलियाले कमजोर सुरुवात गर्दा जाम्पाको प्रदर्शन पनि उम्दो थिएन। अस्ट्रेलिया जागी रहेको समयमा जाम्पाको प्रदर्शन कमजोर थिएन। अर्को विशेषज्ञ स्पिनर अस्ट्रेलियाको टोलीमा नभएका कारण जाम्पा नै छाउने अनुमान गरिएको छ।

पाकिस्तान विरुद्धको श्रृंङ्खलामा न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान फिन एलनले शानदार प्रदर्शन गरेका थिए। उनको छक्का प्रहार गर्ने क्षमता अभूतपूर्व थियो। उनले पाकिस्तान विरुद्धमा शृङ्खलामा १३६ रन प्रहार गरेर शीर्ष एक दिवसीय रन प्रहार गर्ने किवी ब्याट्सम्यानको कीर्तिमानमा ब्रेन्डम म्याककुलुमलाई पछि पारेका थिए।

सन् २०२३ मा चोटसँग सङ्घर्ष गरेका हानीन्दु हरसङ्गा चोटबाट मुक्त हुँदै विश्व क्रिकेटमा फर्किएका छन्। ६३ अन्तर्राष्ट्रिय टी-२० मा १५ को औसतमा १०४ रन साँच्चै महत्त्वपूर्ण हो। गएको वर्ष मार्को जेन्सनसँगै गेराल्ड कोयट्जेले आफूलाई दक्षिण अफ्रिकी पेस आक्रमणको एउटा भरपर्दो हतियारको रूपमा स्थापित गराइसकेका छन्।

आईसिसीको अलराउण्डर वरीयता क्रममा हसांगा पछि दोस्रो स्थानमा रहेका सकिबल अल हसन ३७ वर्षको उमेरमा पनि त्यत्तिकै प्रभावशाली छन्। १२२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले १२२ को स्ट्राइक रेटमा १२ अर्धशतक प्रहार गरेका थिए। बायाँ हाते स्पिनर उनले २० औं औसतमा १४६ विकेट लिए। टी-२० का सबै आठ संस्करणमा सहभागी हुने एक्लो खेलाडी हुन्।

गएका वर्षमा गरिएका प्रदर्शनका आधारमा यो अनुमान गरिएको हो। परन्तु यसको मतलब यो होइन कि अबको वर्षको स्टार यी उल्लेखित खेलाडी मध्येबाट नै हुने छन्। गएको वर्ष टी- २० मा सबै भन्दा आकर्षक मध्य क्रमका ब्याट्सम्यानको रूपमा हेन्रीक क्लासेन उदाए। उनी राष्ट्रिय टिमबाट खेल्दा होस या फ्रेन्चाइज, दुवैमा उनी त्यत्तिकै सफल भए। दक्षिण अफ्रिकी क्रिकेट टोलीमा ट्रिस्टीयन स्टब्स पनि अटाएका छन्।

जसप्रित बुमराह ।

भारतमा हालै सम्पन्न भएको आइपिएलमा स्ट्रब्सले शानदार प्रदर्शन गरे।  उनको टोली प्ले अफमा प्रवेश गर्न सकेन। दुई संरचनाको खेलमा अस्ट्रेलियालाई सफलता दिलाउने कप्तान प्याट कुमिन्स, मध्य क्रमका ग्लेन म्याक्सवेल र गत एक दिवसीय विश्वकपका नायक ट्रेभिस हेड त हेर्न लायक खेलाडी हुने नै छन्। यसैगरी भारतीय टोलीका बलर जसप्रित बुमराह पक्कै पनि हेर्न लायक खेलाडी हुन्।

भारतीय टोलीका शीर्ष क्रमका ब्याट्सम्यान तथा वेस्ट इन्डिजका हिटरप्रति हरेक टी-२० विश्वकपको समयमा धेरैको चासो जाग्नु स्वाभाविक नै हो। यी नै मध्येका केही स्टारको बारे यहाँ जानकारी गराइएको हो।

पहिलो खेलमा प्रतिस्पर्धा गर्नु अगाडि क्यानडा र अमेरिकाका खेलाडी । तस्बिरः क्रिकइन्फो

सन्तुलित न्युजील्यान्डका कुनै पनि खेलाडी कुनै पन समय क्लिक हुनसक्ने कुरामा धेरै क्रिकेट समीक्षक ढुक्क छन्। टी-२० विश्वकपको एक महिने रोमाञ्चमा अन्य अनुमान गर्न नसकेको कुरा पनि देख्न सकिएला। जसरी कुनै समय युवराज सिंहले स्टुवार्ड ब्रोडको एक ओभरमा ६ छक्का हानेर सनसनी फैलाए। वेस्ट इन्डिजका कार्लोस ब्राथह्वाइटले अन्तिम ओभरका लगातार ४ छक्का प्रहार गरेर इङ्गल्यान्डको हातबाट नै ट्रफी खोसेको जस्ता अस्वाभाविक प्रदर्शनको सम्भावना त छदै छन्।
स्रोतः क्रिक इन्फो, अल जजिरा

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ७ : १४ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने