सुधनको राजीनामापछि को बन्ला नयाँ गृहमन्त्री ? « Khabarhub

सुधनको राजीनामापछि को बन्ला नयाँ गृहमन्त्री ?


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल अर्को गृहमन्त्रीबारे नसोचेको जनाएको छ ।

गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएसँगै अब नयाँ गृहमन्त्री को होला भन्ने चर्चा सुरु भएको छ। पार्टी सचिवालयका नेताहरू अर्को गृहमन्त्रीबारे सोचिनसकेको बताउँछन्।

‘गृहमन्त्रीले भर्खरै राजीनामा दिनुभएको छ । अर्को गृहमन्त्री को भनेर तयार भइसके र को र सोचिसकेको अवस्था छैन। प्रधानमन्त्रीज्यू र पार्टी सभापति बसेर यसबारे टुंग्याउनु हुन्छ’, पार्टीका एक नेताले भने, ‘आपत्कालीन रूपमा गृहमन्त्रीले राजीनामा दिनुपर्यो सबै हिसाबलाई हेरेर स्वच्छ छवि भएको व्यक्ति गृहमन्त्रीमा पठाउने पार्टीले तयारी गर्छ।’

यता बालेनको सचिवालय पनि तत्काल प्रधानमन्त्री मातहतमै गृहमन्त्रालय रहने बताउँछ । सचिवालय आज र भोलिसम्म नयाँ गृहमन्त्री आइनसक्ने बताउँछ ।

प्रधानमन्त्रीका एक सचिवालय सदस्यले भने , ‘नयाँ गृहमन्त्री आउन दुई दिन जति लाग्ला तर चाँडै नै गृह मन्त्रालयलाई पूर्णता दिन्छौं। उहाँको विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले समय लम्बिन सक्छ त्यसकारण अर्को गृहमन्त्री राख्ने तयारीमा छ।’

पार्टी स्रोतका अनुसार गृहमन्त्रीलाई कसलाई पठाउने भन्ने विषयमा सभापति रवि र वालेन्द्रले नै अन्तिम निर्णय गर्नेछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : ३२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण