टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती « Khabarhub

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भए।

आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ मा पहिलो अर्धशतक बनाएका क्यानडाका नवनीत धालिवाल । तस्बिरः क्रिकइन्फो

क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरे।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए। अमेरिकाले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ। दोस्रो बलमै उसले पहिलो विकेट गुमाएको छ।

यो पनि पढ्नुहोस्

पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : २१ बजे

मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर – मोरङको उर्लाबारीबाट प्रहरीले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउन

‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै

रास्वपा काठमाडौँ सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा

आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा