गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा « Khabarhub

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने गृहमन्त्री लामिछानेको आदेशको आलोचना गर्दै उक्त काम तुरुन्त बन्द गर्न र कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात गर्न माग गरे ।

उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको आरोप समेत लगाए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर गृहमन्त्रीले सडकमा उतारेको भन्दै प्रश्न गरे ।

‘सानातिना कुरामा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन, कानुन अनुसार चलाउनुप¥यो । कसैको पनि शोषण गर्न पाइँदैन,’ उनले भने, ‘अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक चलाउने होइन । कानुनअनुसार मुलुक चलाउने पद्धतिको विकास होस् ।’

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत् ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकको नाममा सडकमा श्रम गराउने घोषणा गरेका थिए ।

भोलिपल्टदेखि नै प्रहरीले गृहमन्त्रीको घोषणा कार्यान्वयनमा ल्याएपछि कानुन बिना सजायस्वरुप सडकमा नागरिकलाई श्रम गराएको भन्दै आलोचना सुरु भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : ०७ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा