माधव नेपालले भने : मधेस प्रदेश सरकार बनाउन छलफल गर्दैछौँ « Khabarhub

माधव नेपालले भने : मधेस प्रदेश सरकार बनाउन छलफल गर्दैछौँ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेशमा सरकार बनाउनेबारे आफूहरू छलफलमा रहेको बताएका छन् ।

पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेस प्रदेशमा सरकार बनाउनेबारे छ्लफल चलिरहेको बताए ।

उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदा सत्ता गठबन्धनमा कुनै छलफल नतभएको बताएका छन् ।

‘जसपा विभाजनका क्रममा सत्ता गठबन्धनमा कुनै छलफल थिएन’, उनले भने, ‘मैले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यही भनेको छु ।’

अध्यक्ष नेपालले पार्टी संस्थागत रुपम चलिरहेको पनि जिकिर गरेका छन् । उनले अब पार्टी महाधिवेशनउन्मुख भइसकेको पनि बताए ।

‘पार्टी महाधिवेशनउन्मुख भइसकेको छ । मधेसमा सरकार बनाउनेबारे कुरानकानी भइरहेको छ । पार्टीमा के छलफल हुन्छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ’, उनले भने ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ५६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी