गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू « Khabarhub

गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम अपचलनबारेमा छानबिन गर्न गठित संसदीय समितिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि लामिछानेदेखि महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा गएको रकम गैरकानुनी रहेको भन्दै यसमा संलग्न सबैलाई बयान लिनुपर्नेमा थापाले जोड दिए ।

उनले संसदीय समितिले कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने पनि बताए ।

थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै गृहमन्त्री लामिछानेले आफूबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

त्यस्तै उनले सदनमा प्रस्तुत भएको गृहमन्त्री लामिछानेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  २ : ०९ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी