कैलाली र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

कैलाली र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रंगेली नगरपालिका-३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  २ : ३६ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया