एक्जिट पोल ‘मोदी मिडिया पोल’ हो, सरकार हाम्रै बन्छ :  राहुल गान्धी « Khabarhub

एक्जिट पोल ‘मोदी मिडिया पोल’ हो, सरकार हाम्रै बन्छ :  राहुल गान्धी


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुनः भारी बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।

अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने- ‘यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।’

कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबि गरेका छन् ।

शनिबार राति सार्वजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।

भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ ।

सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्