प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित « Khabarhub

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको हो । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै आइतबार नै भएको महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गर्‍यो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० को सेटमा पराजित गरेको हो ।

लिगको महिला तथा पुरुष दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ३७ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२