मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्व सहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

सांसदहरू देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासा कुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राखेका थिए ।

सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिँदो अवस्थालाई ख्याल गर्दै न्यू मिडियालाई समेत सम्बोधन गर्ने गरी विधेयक प्रस्तुत गरिएको बताइन् ।

उनले विधेयकले नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको जानकारी दिइन्।

विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै मन्त्री शर्माले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको बताइन् ।

नयाँ विधेयक तयार गर्दा सरोकारवालासँग छलफल भएको, विज्ञ सदस्यको टोली नै बनाएर अध्ययन एवं छलफल गराइएको, बढीभन्दा बढी परिमार्जित गराइएको भए पनि थप समृद्ध बनाउन सांसदले महत्त्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गरिन्।

आम सञ्चार नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्त्वपूर्ण योगदान दिनेमा जोड दिँदै उनले पत्रकारको अभिलेख राख्ने, पत्रकारको पेसागत सुरक्षालाई ध्यान दिइएको, अभिव्यक्ति स्वतन्त्रतालाई विशेष ख्याल गर्दै स्वः नियमनलाई प्राथमिकतामा राखिएको बताइन् ।

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक जेठ २१ गते सोमबार १२ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ५ : ३९ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो