प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र मनसुनको सुरुआतको तयारीबारे समीक्षा गरेका छन् ।

राजधानी नयाँदिल्लीमा आफ्नो निवासमा भएको बैठकमा उनलाई भारती मौसम विभाग (आइएमडी) को पूर्वानुमानअनुसार राजस्थान, गुजरात र मध्यप्रदेशका केही भागमा गर्मीको लहर जारी रहने सम्भावना रहेको जानकारी गराइएको छ ।

यस वर्ष मुलुकका अधिकांश भागमा मनसुन सामान्य र सामान्यभन्दा माथि र प्रायद्वीपीय भारतका केही भागमा सामान्यभन्दा तल रहने सम्भावना रहेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आगलागीका घटना रोक्न र व्यवस्थापनका लागि उचित अभ्यास गर्न निर्देशन दिए । ‘अस्पताल र अन्य सार्वजनिक स्थानहरूको फायर अडिट र विद्युत सुरक्षा अडित नियमित रूपमा गर्नुपर्छ’, उनले भने ।

उनले जङ्गलहरूमा फायरलाइन मर्मत र बायोबासको उत्पादक प्रयोगका लागि नियमित अभ्यासको योजना बनाउनुपर्ने बताए । उनले वनमा लागेको आगलागीको समयमै पहिचान र त्यसको व्यवस्थापनमा ‘वन अग्नि’ पोर्टलको उपयोगिताका बारेमा उल्लेख गरे ।

स्रोतहरूका अनुसार मुलुकका धेरै भाग प्रचण्ड गर्मीको चपेटामा परेसँगै राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) ले धेरै राज्यमा हिटस्ट्रोकबाट कम्तीमा ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय मौसम विभागले दक्षिण–पश्चिम मनसुन केरलको छटसँग ठोक्किएको र बिहीबार उत्तरपूर्वी भारतका केही भागमा अगाडि बढेको बताएको छ । यस वर्ष मनसुनको सुरुआत दुई दिनअघि भएको छ । मनसुनको सुरुआत सामान्यतया जुन १ मा हुन्छ ।

यस वर्ष केरलमा ठूलो मात्रामा प्रि–मनसुन वर्षा भएको छ । सन् २०२३ मा मनसुन सिजन (जुन–सेप्टेम्बर) मा पूरा मुलुकमा वर्षा लामो अवधिको औसत ९४ प्रतिशत थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : २२ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले