मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएका छन् ।

मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिद्वारा आज काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले मदन केवल राजनीतिक नेतृत्वकर्ता मात्र नभई जनताको आकाङ्क्षा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आवश्यकतालाई राजनीतिक कार्यक्रममार्फत संस्थागत गर्न सक्ने विशिष्ट चिन्तक भएको बताए ।

उनले भने, ‘जननेता मदन भण्डारी सामान्य राजनीतिक नेता मात्रै हुनुहुन्नथ्यो, उहाँ विचार निर्माण गर्ने एक प्रखर नेताका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिनुभएको थियो ।’

जननेता मदन भण्डारीका विचार, राजनीतिक योगदान तथा सञ्चारमैत्री व्यक्तित्वमाथि केन्द्रित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस गरिएको थियो । कार्यक्रममा राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी, युवा तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक जीवन, उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज), मिडियासँगको सम्बन्ध तथा समकालीन राजनीतिमा उहाँका विचारहरूको सान्दर्भिकताबारे व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि जननेता मदन भण्डारीको राजनीतिक दूरदृष्टि, वैचारिक स्पष्टता तथा मिडियासँगको सकारात्मक सम्बन्धको चर्चा गरेका थिए । वक्ताहरूले आजको राजनीतिक परिवेशमा पनि मदन भण्डारीका विचार र अभिव्यक्तिको शैली युवापुस्ताका लागि प्रेरणादायी रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ९ : १५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको