सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत | Khabarhub Khabarhub

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

चाम्लिङ आफैं दुवै सिटमा पराजित


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले) को दलले ऐतिहासिक क्लीन स्वीप गरेको छ ।

विधान सभा चुनावको आइतबार सार्वजनिक परिणाम अनुसार पीएसको दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधानसभाका ३२ मध्ये ३१ सिट जितेको छ ।

प्रचण्ड बहुमतसहित ऐतिहासिक जित दर्ता गरेपछि पीएसले नेपाली भाषीसमेत उल्लेख्य रहेको सिक्किममा एकछत्र सरकारको नेतृत्व गर्ने भएका छन् ।

पीएसको दल एसएकेएमले प्रचण्ड बहुमत हाँसिल गर्दा उनीसँगै मुख्यमन्त्रीको दौडमा रहेका पवन चाम्लिङले शर्मनाक हार ब्यहोरेका छन् ।

चाम्लिङको दल एसडीएफले केबल १ सिट मात्रै जितेर विधान सभामा उपस्थिति बनाउन सफल भएको छ ।

तर पूर्वमुख्यमन्त्री चाम्लिङका लागि यो चुनाव बिर्सनलायक बनेको छ । चाम्लिङ आफैंले पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै सिटमा नराम्रो पराजय भोगेका छन् ।

चाम्लिङले पोकलोक विधान सभा क्षेत्र र नामचेबोङ विधान सभा क्षेत्रमा पराजय भोगेका हुन् । ती दुवै क्षेत्रमा पीएस गोलेको दलका उम्मेदवारले बाजी मारेका छन् ।

उता पीएस गोलेले भने अहिलेसम्मकै फराकिलो मतसहित विधानसभासँगै मुख्यमन्त्रीको कुर्सी पनि फेरि पक्का गरेका छन् ।

पीएसले पवन चाम्लिङको दलका उम्मेदवारलाई ७३ सय ९६ मतको फराकिलो अन्तरले हराएका हुन् । यो अन्तर सन् २०२४ को विधानसभा चुनावको सबैभन्दा फराकिलो हो ।

पीएसले उनको विधानसभा क्षेत्र सोरेङ चाकुङमा १० हजार ४८० मत ल्याउँदा उनका प्रतिस्पर्धी केबल ३ हजार ८४ भोटमा समेटिएका छन् ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ५७ बजे

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा