सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत « Khabarhub

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

चाम्लिङ आफैं दुवै सिटमा पराजित


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले) को दलले ऐतिहासिक क्लीन स्वीप गरेको छ ।

विधान सभा चुनावको आइतबार सार्वजनिक परिणाम अनुसार पीएसको दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधानसभाका ३२ मध्ये ३१ सिट जितेको छ ।

प्रचण्ड बहुमतसहित ऐतिहासिक जित दर्ता गरेपछि पीएसले नेपाली भाषीसमेत उल्लेख्य रहेको सिक्किममा एकछत्र सरकारको नेतृत्व गर्ने भएका छन् ।

पीएसको दल एसएकेएमले प्रचण्ड बहुमत हाँसिल गर्दा उनीसँगै मुख्यमन्त्रीको दौडमा रहेका पवन चाम्लिङले शर्मनाक हार ब्यहोरेका छन् ।

चाम्लिङको दल एसडीएफले केबल १ सिट मात्रै जितेर विधान सभामा उपस्थिति बनाउन सफल भएको छ ।

तर पूर्वमुख्यमन्त्री चाम्लिङका लागि यो चुनाव बिर्सनलायक बनेको छ । चाम्लिङ आफैंले पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै सिटमा नराम्रो पराजय भोगेका छन् ।

चाम्लिङले पोकलोक विधान सभा क्षेत्र र नामचेबोङ विधान सभा क्षेत्रमा पराजय भोगेका हुन् । ती दुवै क्षेत्रमा पीएस गोलेको दलका उम्मेदवारले बाजी मारेका छन् ।

उता पीएस गोलेले भने अहिलेसम्मकै फराकिलो मतसहित विधानसभासँगै मुख्यमन्त्रीको कुर्सी पनि फेरि पक्का गरेका छन् ।

पीएसले पवन चाम्लिङको दलका उम्मेदवारलाई ७३ सय ९६ मतको फराकिलो अन्तरले हराएका हुन् । यो अन्तर सन् २०२४ को विधानसभा चुनावको सबैभन्दा फराकिलो हो ।

पीएसले उनको विधानसभा क्षेत्र सोरेङ चाकुङमा १० हजार ४८० मत ल्याउँदा उनका प्रतिस्पर्धी केबल ३ हजार ८४ भोटमा समेटिएका छन् ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ५७ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै