विश्वकप छनोट खेल्ने फुटबल टोलीको बिदाइ « Khabarhub

विश्वकप छनोट खेल्ने फुटबल टोलीको बिदाइ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटवल टोलीलाई बिदाइ गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एन्फा पदाधिकारीहरुले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेलका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले नेपाली टीमको तयारी राम्रो भएकाले अंक प्राप्तका लागि अबको खेल महत्वपूर्ण भएको बताए ।

अहिलेको टीमका सदस्यले देखाएको प्रदर्शन र तयारीले नतिजा राम्रो आउने उनको विश्वास छ । उनले होम ग्राउण्डमा खेल्न नपाउनु दुखद भएको बताए ।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलका लागि राम्रो तयारी भएको र टिममा धेरै सुधार देखिएको बताए ।

नेपालले यूएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ ।

यूएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो । एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेलका लागि अयोग्य ठहर गरेपछि नेपालले यूएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको हो ।

छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमै हुँदैछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

 

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ३१ बजे

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु