केन्द्र र मधेश सरकारमा लोसपा तत्काल सहभागी नहुने | Khabarhub Khabarhub

केन्द्र र मधेश सरकारमा लोसपा तत्काल सहभागी नहुने


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल केन्द्र र मधेश प्रदेश दुवै सरकारमा तत्कालै सहभागी नहुने भएको छ ।

लोसपाका काठमाडौंमा उपलब्ध पदाधिकारीहरूको आइतबार बसेको बैठकले तत्कालै दुवै तहका सरकारमा नजाने निर्णय लिएको हो ।

लोसपा महासचिव मनिष मिश्रका अनुसार अहिलेलालाई पार्टीले ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको हो ।

‘हामीले दुवै तहको सरकारमा जाने या नजाने निर्णय लिने जिम्मा अध्यक्षलाई दिएका छौँ’, उनले खबरहबसँग भने, ‘तत्काललाई हामी दुवै सरकारमा नजाने पक्षमा उभिएका छौँ । मधेश सरकारमा पनि हामी अहिले नै सहभागी नहुने पक्षमा उभिएका छौँ ।’

उनले सरकारबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष ठाकुरलाई दिएको छ । केन्द्रमा नेपाली कांग्रेसको प्रतिपक्षी गठबन्धनमा रहेको लोसपालाई मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गटबन्धनले समीकरणमा मिसाउने कोसिस गरिरहेका छन् ।

उता उपेन्द्र यादव नेतृत्वको जसपाबाट मुख्यमन्त्री रहेका सरोज यादवले पनि लोसपालाई आफूतिर तान्न खोजिरहेका छन् ।

शुक्रबार मात्रै केन्द्रको सत्ता गठबन्धनले मधेशमा जनमत नेतृत्वमा सरकार बनाउने सहमति पत्र सार्वजनिक गर्दै त्यसमा लोसपा र एकीकृत समाजवादी पनि मिसिने दाबी गरेको थियो । तर आइतबार लोसपाले दुवै गठबन्धनमा तत्कालै समाहित नहुने निर्णय गरेको हो ।

लोसपाले तत्काललाई मधेश सरकारमा सहभागी नहुने निर्णय गरेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । त्यहाँ अल्पमतमा रहेका मुख्यमन्त्री यादवले यही जेठ २३ गते विश्वासको मत लिन लागेका छन् ।

गत वैशाख २३ गते जसपा नेपाल फुटेसँगै एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिँदा यादव अल्पमतमा छन् । यादव अल्पमतमा हुँदा केन्द्रको सत्ता गठबन्धनले पनि नयाँ सरकारको विकल्प दिन सकेको छैन ।

जसपा विभाजनपछि मधेशमा आफूले सरकारको नेतृत्व गर्ने योजना जनमतका अध्यक्ष डा. सीके राउतले बनाएका थिए । त्यहीअनुसार उनले तीन दलबीच सहमति पत्रमा हस्ताक्षर पनि गराए । तर लोसपाको यो निर्णयले जनमतले मधेशको नेतृत्व तत्कालै लिन मुस्किल भएको छ ।

डा. राउतले ५ दलबीच मधेस प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी दलबीच सहमति भएको भन्दै दुई दिनअघि सहमति पत्र सार्वजनिक गरेका थिए । उक्त पत्र सार्वजनिक गरेर एक कार्यक्रम उद्घाटन गर्न डा. राउत संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीतर्फ उडिसकेका छन्‌ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दलला समर्थन गरे यो संख्या ५३ पुग्नेछ । अझै सरकारका लागि १ सांसद अपुग हुन्छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ४८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको